हट्यो पशुपति विस्कुटको बोर्ड

  • चिरफार डटकम, विराटनगर ५९३  पटक हेरिएको

बुधबार, आषाढ २४, २०८३ समय : १४:०४:५० , ३ दिन अगाडि

उद्योगी विनोद चौधरीले सुनसरीको दुहवीमा सञ्चालनमा रहेको पशुपति विस्कुट इण्डष्ट्रिज प्रा.लि. को बोर्ड हटाएको छ ।

आर्थिक वर्ष २०८३/०८४ को साउन १ गतेदेखि पशुपति विस्कुट इण्डष्ट्रिज प्रा.लि. अब नयाँ नामबाट सञ्चालनमा ल्याउने तयारी पुरा भएको छ ।

उद्योगी वसन्त चौधरीले सञ्चालन गरिरहेको पशुपति विस्कुट इण्डष्ट्रिज प्रा.लि. अब उनका दाजु उद्योगी विनोद चौधरीले अब नयाँ नामबाट सञ्चालन गर्न लागेको हो ।

उद्योगी विनोद चौधरीले चिरफार डटकम सँग कुरा गर्दै माइलो भाई वसन्त चौधरीले सञ्चालन गरिरहेको पशुपति विस्कुट इण्डष्ट्रिज प्रा.लि. अब आफुले नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याउन लागेको बताए ।

उद्योगबाट पुराना कर्मचारीलाई विदा गरी नयाँ दक्ष जनशक्ति भित्र्याउने तयारी सुरु गरेको छ ।

उद्योगी विनोद चौधरीले अन्तर्राष्ट्रिय बजारसँग प्रतिशपर्धा गर्नको लागि नयाँ दक्ष जनशक्ति भित्र्याउन लागेको बताए ।