माहेश्वरी महिला मञ्चले सत्यनारायण आधारभूत विद्यालयमा निर्माण गर्‍यो सरस्वती मन्दिर

  • चिरफार डटकम, विराटनगर ५४०  पटक हेरिएको

बिहिबार, आषाढ २५, २०८३ समय : १२:५१:२५ , २ दिन अगाडि

माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगरको श्री सत्यनारायण आधारभूत विद्यालयमा श्री सरस्वती माताको मन्दिर निर्माण गरेको छ ।

माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुसहित मञ्चका पदाधिकारी, पूर्व पदाधिकारीहरूले बिहीबार पूजा पाठ गरेर मन्दिरको उद्घाटन गरेका छन् ।

माहेश्वरी महिला मञ्च विराटनगरले विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित श्री सत्यनारायण आधारभूत विद्यालयको प्राङ्गणमा श्री सरस्वती माताको मन्दिर निर्माण गरिदिएको हो ।

माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुले आफ्‌नो कार्यकालमा एउटा मन्दिर निर्माण गर्ने सपना रहेको र श्री सत्यनारायण आधारभूत विद्यालयमा श्री सरस्वती माताको मन्दिर निर्माण गरेपछि आफ्‌नो सपना पुरा भएको बताए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई धार्मिक, सांस्कृतिक, आध्यात्मिक महत्वका बारेमा जानकारी गराउन र प्राचीन ऐतिहासिक धार्मिक मठ, मन्दिर क्षेत्रको निर्माण तथा संरक्षणको बारेमा जानकारी गराउने उद्देश्यका साथ विद्यालयमा श्री सरस्वती माताको मन्दिर निर्माण गरिएको अध्यक्ष जाजुले बताए ।

माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजु, मञ्चका पदाधिकारी, उद्योगी एवं समाजसेवी बेनिगोपाल मुन्दडा, आनन्द जाजु, आनन्द मारु, जुगलकिशोर राठी, महेश सोनी, अनिता सोनी, विद्यालयका प्रधानाध्यापक रेखा शर्मा पराजुली श्री सरस्वती मन्दिरको उद्घाटन समारोहमा सहभागी थिए । श्री सत्यनारायण आधारभूत विद्यालयमा १ सय ६५ विद्यार्थी अध्ययनरत रहेका छन् ।