- चिरफार डटकम, विराटनगर १६९ पटक हेरिएको
शुक्रबार, साउन ०१, २०८३ समय : १५:३९:४० , २ घन्टा अगाडि
शुक्रवारदेखि विराटनगरमा २ दिने साउन मेला सुरु भएको छ । विराटनगरको मारवाडी सेवा सदनमा सावन मेला सञ्चालनमा रहेको छ । माहेश्वरी महिला मञ्च विराटनगरले आयोजना गरेको २ दिने सावन मेला शनिबारसम्म चल्ने छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले सावन मेलाको उद्घाटन गरेका छन् । माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष शितल बाहेतीले सावन मेलामा नेपाल र भारतका गरी ३९ स्टल रहेको बताए ।
लुगा कपडा, कस्मेटिकका सामान, सावन मेलमा बिक्री भइरहेको छ । माहेश्वरी महिला मञ्च विराटनगरका निवर्तमान अध्यक्ष ललिता जाजु, पूर्वअध्यक्ष पुनम राठी, सावन मेलाको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उद्योगी चम्पालाल राठी, बेनिगोपाल मुन्दडा, घनश्याम काबरा, मुकेश राठी, जुगलकिशोर राठी, राजेश लखोटिया सहित समाजका विशिष्ट व्यक्तिहरू सावन मेलाको उद्घाटन समारोहमा सहभागी थिए ।
माहेश्वरी महिला मञ्च विराटनगरले चन्दा तापडियालाई संयोजिकाको जिम्मेवारी दिएर सावन मेलाको आयोजना गरेका छन् ।