- चिरफार डटकम, विराटनगर ६५ पटक हेरिएको
शुक्रबार, साउन ०१, २०८३ समय : १५:४२:३५ , २ घन्टा अगाडि
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा ८५.५२ प्रतिशतले राजश्व असुली गरेको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ मा ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएकोमा ३५ अर्ब ३६ करोड रुपैयाँ राजश्व असुली भएको बताए ।
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ८०.५१ प्रतिशतले राजश्व असुली गरेका थिए । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा विराटनगर भन्सार कार्यालयले ५ प्रतिशतले राजश्व असुलीमा वृद्धि गरेको छ ।