अभिषेक गिरी र उनको समूहसँग सीआइबीको अनुसन्धान जारी

  • चिरफार डटकम, विराटनगर २९१  पटक हेरिएको

आइतबार, साउन ०३, २०८३ समय : १८:१६:२८ , २ दिन अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले विराटनगरका डन अभिषेक गिरी र उनको समूहसँग अवैध असुली बारे अनुसन्धान सुरु गरेको छ । सीआइबीले गिरीलाई विराटनगरबाट नियन्त्रणमा लिएर काठमाडौं पुर्‍याएका थिए ।

मोरङ प्रहरीले गिरी र उनको समूहले अवैध रुपमा असुली गरेको रकम बारे पिडित सँग उजुरी माँग गरेको थियो । मोरङ प्रहरीले गिरी र उनको समूहले अवैध रुपमा असुली गरेको रकम बारे संकलन गरिएको सूचना सीआइबीलाई जानकारी गराएको छ ।

सीआइबीले गिरी र उनको समूहले असुली गरेको रकम र उनीहरुको अवैध सम्पत्तीबारे अनुसन्धान गरिरहेको सीआइबी निकट समाचार सुत्रले जानकारी गराएको छ ।

गिरी सँग जग्गा कारोबारमा  संलग्न जग्गा कारोबारीलाई समेत अनुसन्धानको दायरामा ल्याएर अनुसन्धान भइरहेको समाचार सुत्रले जानकारी गराएको छ ।