- चिरफार डटकम, विराटनगर १९५ पटक हेरिएको
मंगलबार, साउन ०५, २०८३ समय : १५:५६:२६ , ११ घन्टा अगाडि
भारतीय जनता पार्टी (बिजेपी) का प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतमा विद्यार्थीमाथि चरम दमन गरेको छ । विद्यार्थी मात्रै नभई विद्यार्थीका अभिभावक र आन्दोलनमा सहभागीहरूमाथि समेत प्रहरीले दमन गरेको छ ।

विद्यार्थीमाथि भएको चरम दमनका विरुद्ध प्रमुख प्रतिपक्ष राजनीतिक दलले सोमबारदेखि भारतको दुवै सदन लोकसभा र राज्यसभा बैठक चल्न दिइरहेका छैनन् ।
भारतको निट परीक्षामा प्रश्न पत्र बाहिरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधान दोषी रहेको र उनको राजीनामा माँग गर्दै विद्यार्थी आन्दोलित छ ।

सोमबार भारतमा लोकसभा र राज्यसभाको बैठक सञ्चालन गर्न मनसुन सत्र सुरु भएको छ । भारतको राजधानी नयाँ दिल्लीको आन्दोलन स्थल जन्तरमन्तरबाट लोक सभा तर्फ मार्च पास गरिरहेका विद्यार्थी, विद्यार्थीका अभिभावक र आन्दोलनमा सहभागी सर्वसाधारण माथि सरकारले व्यापक दमन गरेको छ ।

सरकारी दमनका क्रममा सयौँ विद्यार्थी घाइते भएका छन् । कतिपयको टाउको फुटेको छ । र उनीहरूको नयाँ दिल्लीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारतको प्रमुख प्रतिपक्ष राजनीतिक दल भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभामा प्रमुख प्रतिपक्ष दलका नेता राहुल गान्धीले मङ्गलवार घाइते विद्यार्थी सँग भेटघाट गरेका छन् । र विद्यार्थीको आन्दोलन प्रति समर्थन जनाएको छ ।