- चिरफार डटकम, विराटनगर २३२ पटक हेरिएको
आइतबार, साउन १०, २०८३ समय : १३:१६:१० , ३ घन्टा अगाडि
एक सय वर्षको इतिहास बोकेको विराटनगर–९ स्थित श्री राम जानकी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता रुपेश कोइराला निर्वाचित भएका छन् ।
अजय राठी उपाध्यक्ष, श्री प्रकाश तोतला महासचिव, हेमन्त मारु सचिव र केदार सारडा कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
रमेश लखोटिया, नरेश राठी, मनोज तापडिया, आनन्द राठी, प्रदिपकुमार अग्रवाल, रामलाल तापडिया, सुनिलकुमार लोढा, अभिताब माहेश्वरी, खजयकुमार सोमानी र बालकिशन धुत कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन् ।
१५ सदस्यीय कार्यसमितिमा १ जना कोइराला, १ जना अग्रवाल बाहेक १३ जना मारवाडी समुदाय भित्रको माहेश्वरी समाजबाट निर्वाचित भएका छन् ।