- ब्रह्मदेव यादव, विराटनगर ११३ पटक हेरिएको
शुक्रबार, साउन १५, २०८३ समय : १३:३५:०८ , ३ घन्टा अगाडि
उद्योगी, समाजसेवी एवं राजनीतिक ७० वर्षीय हसन अन्सारीको परिवारमा ३९ जना सदस्य छ । यत्रो ठुलो परिवारका सबै सदस्य एउटै घरको छानामुनी बसोबास गरिरहेका छन् । संयुक्त परिवारको सबै सदस्य एउटै भान्सा र एउटै टेबलमा खानपिन गर्छन् ।
संयुक्त परिवारका अभिभावक हुन् उद्योगी, समाजसेवी एवं राजनीतिक हसन अन्सारी । २०३६ सालको जनमत संग्रहको समयमा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला सँग सँगै राजनीतिक गरेका हसन अन्सारीलाई गिरीजाप्रसाद कोइरालाले राष्ट्रिय सभाको सदस्यदेखि विभिन्न राजनीतिक लाभको उच्चस्तरीय पदको अफर गरेका थिए ।
तर हसन अन्सारी संयुक्त परिवारलाई मिलाएर राख्न र परिवारको भरणपोषणका लागि उद्योग व्यापारलाई प्राथमिकतामा राखेर काम गरे । र लाभको राजनीतिक पदको अफरलाई ठुक्राइ दिए ।
शुक्रवार विराटनगरमा चिरफार डटकमसँग कुरा गर्दै हसन अन्सारीले भने: म राजनीतिकमा सक्रिय भएर काम गर्दा संयुक्त परिवार बिचल्लीमा पर्न सक्ने अवस्थामा आउन सक्थ्यो ।
मैले सक्रिय राजनीतिक भन्दा संयुक्त परिवारलाई अगाडी बढाउने जिम्मेवारी बहन गरे । र आज ३९ जना सदस्य रहेको मेरो परिवार एउटै घर, एउटै भान्सा र एउटै टेबलमा खाना खाँदा त्यस परिवारको अभिभावक हुँदा गर्भ महसुस गरिरहेको बताए । यद्यपि मैले दुई कार्यकाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएर काम गरेको छु ।
त्यही उद्योगी, समाजसेवी एवं राजनीतिक तथा मुस्लिम अभियन्ता हसन अन्सारीलाई नेपालमा खलबलिएको धार्मिक एवं सामाजिक सद्भाव कायम गर्न मुख्य जिम्मेवारी दिएर अगाडी सारिएको छ । जुन हसन अन्सारी ३९ जनाको संयुक्त परिवारलाई एक ठाउँमा मिलाएर राख्न सक्छन्, उसले देश र समाजलाई जोड्न सक्छ ।
तीन तहकै सरकारका उच्चपदस्थ पदाधिकारीहरूले देश र समाजलाई जोड्नको लागि हसन अन्सारीलाई अगाडी सारेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको हलमा आयोजना गरेको सर्वपक्षीय बैठकमा हसन अन्सारी र उनका जेठो छोरा अफताव अन्सारी सहभागी थिए ।
अन्सारी बाबु–छोराले सर्वपक्षीय बैठकमा आफ्ना धारणा राख्दै नेपालमा शान्ति कायम राख्न आफ्नो सम्पूर्ण परिवार, साथी भाइ, इष्टमित्र र आफ्नो समाज प्रतिबद्ध रहेको बताए । हसन अन्सारीको भनाइ छ: हाम्रो देश नेपाल पछाडि परेको देश हो । देशलाई अगाडी बढाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को काँधमा आइपुगेको छ ।
नेपालमा धेरै समयपछि दुई तिहाइको सरकार बनेको छ । सरकारलाई काम गर्ने अवसर दिनु पर्छ तर सरकारले पनि जनताको विश्वास र भरोसालाई कायम राख्न सक्नु पर्छ । दुई तिहाइको सरकार दम्भ र अहङ्कारमा प्रतिगमनको बाटो रोजियो भने संविधानको दायरामा रहेर शान्ति पूर्ण आन्दोलनको माध्यमबाट त्यसको पतिकार गछौं ।
नेपाली स्वाभिमानी जनता हो । नेपालीले निरकुशंता जहानीय राणा शासनदेखि शाह शासन फालेको इतिहास छ । यस्तो अवस्थामा दुई तिहाइको सरकार नेपाली जनताको मर्म र भावनालाई बुझेर अगाडी बढ्यो भने धर्मगुरु विश्व गुरु सम्म बन्न सकिने हसन अन्सारीको ठम्याई छ ।