नेपालमा हिन्दु र मुस्लिम मिलेर बस्नु बाहेक अर्को विकल्प छैन– जैन

  • चिरफार डटकम, विराटनगर १८७  पटक हेरिएको

आइतबार, साउन १७, २०८३ समय : १५:२५:१९ , ३ घन्टा अगाडि

विराटनगरस्थित मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनले नेपालमा हिन्दु र मुस्लिम मिलेर बस्नु बाहेक अर्को विकल्प नरहेको कुरामा जोड दिएका छन् ।

सुनसरी जिल्लाको देवानगंज गाउँपालिकाको वडा नं. ३ स्थित कप्तानगंजबाट सुरु भएको हिन्दु र मुस्लिम विवाद बारे जैनको भनाई छ – नेपालमा ५ प्रतिशतको हाराहारीमा बसोबास गरिरहेका मुस्लिम समुदायले कुनै पनि प्रकारको जातीय हिंसा भड्काउन सक्दैन ।

मुस्लिम समुदाय पनि नेपालकै नागरिक भएकोले सामाजिक सद्भाव कायम गरेर मिलेर बस्नुबाहेक अर्को विकल्प नरहेको कुरामा जोड दिएका छन् । बंगलादेश र बर्माबाट भागेर नेपाल आएका रोहिङ्ग्या मुस्लिमबारे सरकारकाले छानबिन गर्नुपर्ने जैनको तर्क छ ।

रोहिङ्ग्या मुस्लिम लुकिछुपी नेपाल प्रवेश गर्ने क्रम निरन्तर बढी रहेकोले सिमानाकामा सरकारले कडाइ गर्नुपर्ने जैनको भनाइ छ । मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष जैनले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङलाई हृदयदेखि धन्यवाद ज्ञापन गरेका छन् ।

सुनसरीको देवानगंज–कप्तानगंजबाट सुरु भएको हिन्दु र मुस्लिम विवाद देशभर फैलिन सक्ने र त्यसबाट ठुलो घटना घट्न सक्ने अवस्थालाई समयमै आकलन गरेर हिंसात्मक घटनाबाट देशलाई बचाउन सफल भएकोमा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

भारतमा नेपाल भन्दा ठुलो जेन्जी आन्दोलन भइरहेको छ । भारतको राजधानी नयाँ दिल्ली स्थित जन्तरमन्तरबाट सुरु भएको जेन्जी आन्दोलनको कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिइसकेका छन् ।

जेन्जी आन्दोलनकारीले आन्दोलनमा विद्यार्थी माथि व्यापक प्रहरी दमनको आरोप लगाउँदै गृहमन्त्री अमित साहको राजीनामाको माँग अगाडी सारेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले देशमा हिन्दु र मुस्लिम बिच युद्ध गराउन सक्रिय रहेका छन् । भारतको देखासिकी गरेर नेपालका हिन्दु युवाहरू देशमा हिन्दु र मुस्लिम बिच युद्ध गराउन सक्रिय रहेका छन् ।