- चिरफार डटकम, विराटनगर १०४ पटक हेरिएको
सोमबार, भाद्र १५, २०८३ समय : १८:०१:१४ , ३ घन्टा अगाडि
विश्व हिन्दु परिषद् नेपालले युवा व्यवसायी एवं सामाजिक अभियानता महेशकुमार साह (स्वर्णकार) लाई मोरङ जिल्लाको उपाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ ।
विश्व हिन्दु परिषद् नेपाल मोरङको जिल्ला अधिवेशनले स्वर्णकारलाई उपाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो । विराटनगरका युवा व्यवसायी स्वर्णकार सुन–चाँदी व्यवसायी गरिरहेका छन् ।
स्वर्णकार विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थामा आबद्ध रहेका छन् । उपाध्यक्ष स्वर्णकारले हिन्दु धर्मको संरक्षण तथा संवर्धनका लागि काम गर्ने बताए ।