- चिरफार डटकम, विराटनगर ८० पटक हेरिएको
बिहिबार, आश्विन ०१, २०८३ समय : २१:५२:१६ , ४ घन्टा अगाडि
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि मारवाडी युवा मञ्च विराटनगरले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
मञ्चले नेपाल राष्ट्रिय मारवाडी युवा संगठन मार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।
विपद्को कठिन परिस्थितिमा बाढीपीडितप्रति ऐक्यबद्धता र मानवीय सहयोगको भावनासहित आर्थिक सहयोग गरिएको मञ्चले जनाएको छ। यस सहयोगले विपद्बाट प्रभावित परिवारलाई केही राहत पुग्ने विश्वास मञ्चले व्यक्त गरेको छ।
हस्तान्तरणका क्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छा, नेपाल राष्ट्रिय मारवाडी परिषद्का सह-कोषाध्यक्ष फुलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल, वरिष्ठ समाजसेवी बेनी गोपाल मुन्दडा, मारवाडी सेवा समितिका उपाध्यक्ष जुगल कोशोर राठी, मारवाडी महिला मञ्चकी अध्यक्ष श्रीमती सरिता लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्र सदस्य जय शर्मा, मारवाडी युवा मञ्चका पुर्वअध्यक्ष राजेश लखोटीया, अतिथि सदनका सचिव मनोज तापडीया लगायत मारवाडी युवा मञ्च विराटनगरका पदाधीकारीहरुको उपस्थिति रहेको थियो।
मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीको नेतृत्वमा उक्त सहयोग प्रदान गरिएको हो। सामाजिक तथा मानवीय सेवामा सक्रिय रहँदै आएको मारवाडी युवा मञ्च विराटनगर वि.सं. २०४९ सालदेखि निरन्तर क्रियाशील रहेको छ।