जनकपुर विरुद्ध विराटनगरको रोमाञ्चक जित

  • चिरफार डटकम, विराटनगर ६६  पटक हेरिएको

मंगलबार, कार्तिक १८, २०८३ समय : १६:५७:४३ , २ घन्टा अगाडि

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलमा मंगलबार जनकपुर बोल्टस् विरुद्ध विराटनगर किङ्सले रोमाञ्चक जित निकालेको छ ।

एन्ड्रे रसेलको उत्कृष्ट बलिङ र ब्याटिङको बलमा विराटनगर किङ्सले जनकपुर बोल्टस् विरुद्ध रोमाञ्चक जित निकालेको हो ।

विराटनगर किङ्सले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याई रहेको जनकपुर बोल्टस् अन्तिम ओभरको अन्तिम बलमा ७औं विकेट गुमाउँदै दुई रनले पराजित भएको हो ।

जित सँग विराटनगर किङ्स ४ खेलबाट ४ अंक जोड्न सफल भएको छ । सुरुको दुई खेलमा लगातार हार बेहोरेको विराटनगर किङ्स पछिल्लो दुई खेलमा लगातार जित निकाल्न सफल भएको छ ।