आक्रमक रुपमा अगाडी बढ्दै मेक इन नेपाल स्वदेवी अभियान

  • चिरफार डटकम, विराटनगर ९८०  पटक हेरिएको

शुक्रबार, साउन ०५, २०८० समय : १८:०१:२७ , ३ वर्ष अगाडि

नेपाल उद्योग परिसंघले आक्रमक रुपमा मेक इन नेपाल स्वदेशी अभियानलाई अगाडी बढाई रहेको छ । स्वदेशमा उत्पादन भएको वस्तुको प्रयोग गरौं, उद्देश्यका साथ अभियान संचालन गरिएको हो । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको युवा उद्यमी मञ्च (सीएनआई वाइएफ) ले अभियानको नेतृत्व गरेको हो । अभियानको चेयरपर्सन हितेस गोल्छा रहेका छन् ।

युवा उद्यमी मञ्च कोशीका अध्यक्ष अनमोल प्रधानले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष भिम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, होटल एसोसिएशन संघ कोशीका अध्यक्ष राजन श्रेष्ठ अतिथिको रुपमा सहभागी थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित