- चिरफार डटकम, विराटनगर ८०४ पटक हेरिएको
शुक्रबार, भाद्र १५, २०८० समय : १६:३०:१९ , ३ वर्ष अगाडि
सनातन धर्ममाथि भई रहेको हस्तक्षेप र सामाजिक सद्भाव कायम राखिराख्न माग गर्दै श्रीहरि सत्संग समिति नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका छन् । समितिको केन्द्रिय कार्यालय विराटनगरमा रहेको छ । समितिका केन्द्रिय अध्यक्ष भिखमचन्द सरल नेतृत्वको टोलीले शुक्रबार मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप शाह मार्फत प्रधानमन्त्री दाहाललाई सामाजिक सद्भाव विथोल्न नदिने गरी शान्ति सुरक्षा कायम राखिराख्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
समितिका तर्फबाट रामजीवन अग्रवाल, पशुपति नेपाल, ओमप्रकाश अग्रवाल र दिनेश राय ज्ञापनपत्र बुझाउने टोलीमा सहभागि थिए । समितिले मारवाडी समुदायलाई व्यक्ति विशेषले होच्याउनेदेखि धरानमा गाई काट्ने काम भईरहेकोले त्यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कारवाही गर्न माग गरेको छ ।