आमाले बिष खुवाएर दुई छोरी मारिन 

  • ब्रह्मदेव यादव, विराटनगर ७२७  पटक हेरिएको

बुधबार, भाद्र १९, २०८१ समय : १५:५७:५५ , १० महिना अगाडि

मोरङ जिल्लामा आमाले बिष खुवाएर आफ्नै दुई छोरीलाई मारेको पुष्टी भएको छ । धनकुटा जिल्लाको पाख्रिबास नगरपालिका–५ घर भई मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–७ मालती टोलमा बस्ने ३१ वर्षीय अर्जुन कार्कीको २१ वर्षीय श्रीमती अस्मिता पौडेलले बिष सेवन गराएर आफ्नै दुई छोरीलाई मारेको स्वीकार गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अस्मिता पौडलले भनिन्– श्रीमान् अर्जुन कार्कीले पटक पटक मानसिक यातना दिदैँ ज्यान मारिदिने धम्की दिने गरेका थिए । श्रीमान् कार्कीले मलाई ज्यान मारिदिएपछि दुई छोरीको बिजोग हुने भएकोले आफूले नै दुई छोरीलाई बिष खुवाएर मारेको स्वीकार गरिन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनाबारे जानकारी गराउन स्वयम् आरोपी अस्मिता पौडेललाई अगाडि सारिन ।

पत्रकार सम्मेलनमा अस्मिता पौडेलले भनिन्– सुरुमा आफूले नै बिष सेवन गरेको र पेट पोल्न थालेपछी ३ वर्षीय अर्पना कार्की र १ वर्षीय आईङ्का कार्कीलाई बिष सेवन गराएको थिए । म बाचे र मेरा दुवै छोरी मरिन । भाद्र १४ गते श्रीमान् अर्जुन कार्की र श्रीमती अस्मिता पौडेल बिच निर्माणधीन घरमा पानी पटाउने विषयमा विवाद भएपछि अस्मिता पौडेल दुवै छोरी लिएर घरबाट हिँडेकी थिइन। भाद्र १४ गते सुन्दरहरैंचा–७ स्थित केराबारी बगानमा पुगेपछि अस्मिता पौडलले आफूसहित दुवै छोरीलाई बिष सेवन गराएका थिए । दुवै छोरी मरिसकेपछि आफू फरार भएका थिए ।

अस्मिता पौडेलका श्रीमान् अर्जुन कार्कीले भाद्र १५ गते श्रीमती अस्मिता पौडल सहित दुई छोरी बेपत्ता रहेको इलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया सहितको निवेदन दिएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले भाद्र १५ गते साँझपख केराबारी बगानबाट दुवै छोरीलाई मृत अवस्थामा फेला पारेका थिए । फरार सूचीमा रहेका अस्मिता पौडेललाई मोरङ प्रहरीले झापा प्रहरीको सहयोगमा भाद्र १९ बुधबार बिहान झापाको बिर्तामोडबाट पक्राउ गर्न सफल भएका छन् । मोरङ प्रहरीले बुधबार नै पत्रकार सम्मेलन गरेर अस्मिता पौडेललाई सार्वजनिक गरिन । मोरङ प्रहरीले अस्मिता पौडेललाई अदालतबाट ४ दिनको म्याद थपेर थप अनुसन्धान सुरु गरेका छन् । एसपी नवराज कार्कीले पत्रकार सम्मेलनमा भने- अस्मिता पौडेलले बिष सेवन गरे नगरेको बारे पनि अनुसन्धान जारी रहेको बताए । 

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित