नेपाल अग्रवाल युवा मञ्चले मनाए ३२औं स्थापना दिवस

  • ब्रह्मदेव यादव, विराटनगर १०२६  पटक हेरिएको

बुधबार, भाद्र १९, २०८१ समय : १८:१२:४९ , १० महिना अगाडि

नेपाल अग्रवाल युवा मञ्च विराटनगरले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेर ३२औं स्थापना दिवस मनाएका छन् । मञ्चले बुधबार विराटनगर–१३ स्थित पूर्वाञ्चल आश्रममा आश्रित विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गराउने उद्देश्यका साथ सेनेमाहल मै पुर्‍याएर सेनेमा देखाएका छन् । आश्रमका विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्नुको साथै बाहिरी वातावरणको अनुभव दिलाउन सेनेमा देखाइएको मञ्चका अध्यक्ष चेतन अग्रवालले बताए ।

विद्यार्थीहरूलाई सेनेमा देखाउन मञ्चका अध्यक्ष चेतन अग्रवालले कार्यकारिणी सदस्य विशाल अग्रवाल र रोहित अग्रवाललाई संयोजकको जिम्मेवारी प्रदान गरेका थिए । जुन जिम्मेवारीलाई विशाल अग्रवाल र रोहित अग्रवालले इमान्दारीका साथ पुरा गरेका छन् ।

मञ्चले विद्यार्थीहरूलाई सेनेमा देखाइसकेपछि खाजा खुवाएका थिए । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले ३२औं स्थापना दिवसको अवसरमा समाजसेवामा नयाँ आयाम थपिने गरी काम गरेकोले यसको चौतर्फी प्रशंसा भइरहेका छन् । मञ्चका अध्यक्ष चेतन अग्रवालले आगामी दिनमा शिक्षा, खेलकुद, मनोरञ्जन सहित सामाजिक क्षेत्रमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवाल, निवर्तमान अध्यक्ष मनिष अग्रवाल, महासचिव अंकुर कनोडिया, पूर्वअध्यक्ष अभिषेक केडिया, पूर्वाञ्चल बालआश्रममा आयोजित कार्यक्रममा सहभागि भएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित