रमपम विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु

  • चिरफार डटकम, विराटनगर ३००  पटक हेरिएको

सोमबार, फाल्गुण १९, २०८१ समय : १७:५८:०९ , २ महिना अगाडि

सोमबारदेखि विराटनगरमा रमपम विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । फागुन २८ गते प्रतियोगिताको फाइनल खेल खेलाइने छ । नेपालका ८ र भारतका २ गरी प्रतियोगितामा १० टिमको सहभागिता रहेका छन् ।

विजेताले ११ र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । प्रत्येक साँझ ६ः३० बजेदेखि विराटनगरको शहिद रंगशालामा रमपम विराट गोल्ड कप फुटबल प्रतियोगिता सुरु हुनेछ ।

२ सय रुपैयाँको सिजनल टिकट काटेर शहिद रंगशाला प्रवेश गरेका दर्शकले सांस्कृतिक कार्यक्रम र त्यसपछिको फुटबल प्रतियोगिता हेरेर घर फर्किन अढाई घण्टाको समय बिताउन पाउने छन् ।

विराट गोल्ड कप फुटबल ट्रष्टले ट्रष्टका सदस्य उद्योगी नविन रिजाललाई ९औं संस्करणको रमपम विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्न संयोजकको जिम्मेवारी दिएको छ । संयोजक रिजालले झन्डै डेढ करोड रुपैयाँ खर्चेर रमपम विराट गोल्ड कप फुटबल प्रतियोगिताको आयोजना गरेका छन् ।