क्यान्सरको प्रचार प्रसारका लागि गल्र्स अन ह्विलस् प्रतियोगिता

  • ब्रह्मदेव यादव, विराटनगर ३८४  पटक हेरिएको

बुधबार, फाल्गुण २१, २०८१ समय : १३:५५:२३ , २ महिना अगाडि

विराटनगर प्राइम राउण्ट टेबल १० ले नेपालमा भयावह रूपमा बढी रहेको क्यान्सर रोगको प्रचार–प्रसारका लागि गल्र्स अन ह्विलस् प्रतियोगिता आयोजना गर्ने तयारी सुरु गरेको छ । विराटनगर प्राइम राउण्ट टेबल १० ले बुधवार पत्रकार सम्मेलन गरेर फागुन २४ गते शनिवार विराटनगरमा गल्र्स अन ह्विलस् प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।
विराटनगर प्राइम राउण्ट टेबल १० का अध्यक्ष भास्कर सोनी, उपाध्यक्ष अभिजित सिंह, कार्यक्रम संयोजक योगेस राठी र रजत गुप्ता, मिडिया कोडिनेटर अभिषेक केडिया, नोबेल क्यान्सर अस्पतालका डिपुटी डाइरेक्टर डा. प्रदिप भण्डारी र मेनेजर नविन दाहाल पत्रकार सम्मेलनमा सहभागी थिए ।
विराटनगर प्राइम राउण्ड टेबल १० का अध्यक्ष भास्कर सोनीले गल्र्स अन ह्विलस् प्रतियोगितामा २ सय ५० जना महिलाको सहभागिता रहने बताए । प्रतियोगितामा १ सय २५ स्कुटी चालकले सहभागिता जनाउन पाउने छ । एक स्कुटीमा २ जना बस्न पाउने छ । प्रतियोगितामा सहभागिता जनाउने महिलाको संख्या २ सय ५० पुग्ने छ । र आयोजकले तोकेको मापदण्ड पुरा गरेर विजेता, उपविजेता र तृतीय हुनेले १ लाख २५ हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक्सका सामान पुरस्कार जित्ने छ ।
प्रतियोगिताको सबै कार्यक्रम विराटनगर–९ स्थित सिटी प्यालेस होटेल एण्ड रिसोर्टबाट सञ्चालन हुनेछ । शनिवार बिहान १० बजेदेखि सुरु हुने कार्यक्रम राती ८ बजेसम्म चल्ने छ । प्रतियोगिताको आयोजनाबाट बजेको रकम विराटनगर प्राइम टेबल १० ले विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयको शैक्षिक सुधारको क्षेत्रमा खर्च गर्नेछ ।
विराटनगर प्राइम राउण्ट टेबल १० ले आयोजना गर्न लागेको कार्यक्रमलाई नोबेल क्यान्सर अस्पताल विराटनगरले ७ लाख रुपैयाँ सहयोग गरेका छन् । नोबेल क्यान्सर अस्पतालका डिपुटी डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डा. प्रदिप भण्डारीले नेपालमा नेपाली महिलाहरूमा क्यान्सर रोगको भयावह अवस्था रहेको छ । त्यसमा पनि मुख्य गरी पाठेघरको मुखको क्यान्सर र स्तनको क्यान्सरको अवस्था भयावह छ ।
जुन रोग प्रारम्भिक चरणमा पत्ता लागेको खण्डमा पूर्ण रूपमा निको हुने भएकोले रोगको प्रचार–प्रसारका लागि अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते शनिवार विराटनगरमा प्राइम राउण्ड टेबल १० ले आयोजना गर्न लागेको गल्र्स अन ह्विलस् प्रतियोगितालाई सहयोग गरेको बताए । प्रतियोगितामा सहभागिता जनाउने महिलाहरूलाई यि दुवै रोगको जाँच परीक्षण निःशुल्क गरिदिने डा. भण्डारीले बताए ।