
- ब्रह्मदेव यादव, विराटनगर ४७४ पटक हेरिएको
बुधबार, फाल्गुण २८, २०८१ समय : १६:४२:५१ , २ महिना अगाडि
उद्योगी एवं समाजसेवी देवकिशन मुन्दडालाई २०८१ सालको महामूर्खको उपाधि प्रदान गरिएको छ । महामूर्खको उपाधिबाट सम्मानित ८२ वर्षीय मुन्दडा देवेनारा ग्रुपका ज्येष्ठ सदस्य हुन् ।
मारवाडी युवा मञ्च विराटनगरले होली पर्वको अवसरमा मंगलबार विराटनगरमा आयोजना गरेको हास्य सम्मेलनमा उद्योगी एवं समाजसेवी मुन्दडलाई महामूर्खको उपाधि प्रदान गरेको हो ।
मारवाडी युवा मञ्च विराटनगरले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको विशेष समारोहमा समाजका १ जना विशिष्ट व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गर्ने परम्परा छ ।
विराटनगर स्थित जैन श्वेताम्बर तेरापंथ सभा भवनको प्राङ्गणमा आयोजित विशेष समारोह हास्य सम्मेलनमा प्रमुख अतिथिको आसन ग्रहण गरिरहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योगी एवं समाजसेवी मुन्दडालाई महामूर्खको तक्माबाट सम्मानित गरेका थिए ।
नेकपा एमालेका नेता एवं उद्योगी मोतीलाल दुगड, संविधान सभाका सदस्य एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी पवनकुमार सारडा, परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष उद्योगी प्रकाश मुन्दडा, उद्योगी महेश जाजु, चम्पालाल राठी, देवकिशन मुन्दडा, मोहनलाल शर्मा, सुरेशकुमार शर्मा, शंकरलाल अग्रवाल, भीखमचन्द सरल, फुलकुमार लालवानीले महामूर्खको उपाधिबाट सम्मानित मुन्दडलाई बधाई र शुभकामना व्यक्त गरेका थिए ।
मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारु, प्रथम उपाध्यक्ष मोहित लालवानी, द्वितीय उपाध्यक्ष मोहित अग्रवाल, महासचिव धिरज शर्मा, मञ्चका निवर्तमान अध्यक्ष जय शर्मा, पूर्व अध्यक्ष गोपाल अग्रवाल, राजेश लखोटिया, शिवरतन जोशी सहितका पदाधिकारी र सदस्यहरूको बैठकले मुन्दडालाई महामूर्खको उपाधि प्रदान गर्ने निर्णय गरेका थिए ।