जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी निषेधाज्ञा जारी

  • चिरफार डटकम, विराटनगर ७३२  पटक हेरिएको

बिहिबार, बैशाख ११, २०८२ समय : १३:०५:३६ , १ वर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले कार्यालय हाता भित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

राजनीतिक दलदेखि विभिन्न तथा कर्मचारी संघ संगठनले आफ्नो माँग पुरा गराउन जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी भेला भएर सरकारका विरुद्ध नाराबाजी गर्ने प्रचलन बढेकोले बाध्य भएर मोरङ प्रशासन कार्यालय अगाडीको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अर्को सूचना जारी नभएसम्म कार्यालय अगाडीको क्षेत्रमा निषेधाज्ञा जारी रहने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित