भारत–पाकिस्तान बिच युद्ध विराम, भारतले पाकिस्तानसँग आत्मसमर्पण गरेको प्रमुख प्रतिपक्ष कांग्रेसको आरोप

  • ब्रह्मदेव यादव, विराटनगर ३७५  पटक हेरिएको

आइतबार, बैशाख २८, २०८२ समय : १५:३५:२२ , २ दिन अगाडि

भारत र पाकिस्तान बिच शनिबारदेखि युद्ध विराम भएको छ । यी दुई देश बिच ४ दिनदेखि युद्ध भइरहेको थियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भारत र पाकिस्तान बिच युद्ध विराम भएको हो ।

युद्ध विराम भए पनि पाकिस्तानले भारतको कश्मिर राज्यको सीमान्त क्षेत्रमा हवाई फायरलाई निरन्तरता दिइरहेका छन् । भारतको प्रमुख प्रतिपक्ष राजनैतिक दल कांग्रेसले दुई देश बिचको युद्ध विराम प्रति असहमति जनाउँदै भारतले पाकिस्तान सँग आत्मसमर्पण गरेको आरोप लगाएको छ ।

भारतका प्रमुख प्रतिपक्ष राजनैतिक दल कांग्रेसका राष्ट्रिय प्रवक्ता दिपक झाले आइतबार एक भारतीय टेलिभिजन च्यानल न्यूज २४ मा पार्टीको आधिकारिक धारणा राख्दै भारतले पाकिस्तान सँग आत्मसमर्पण गरेको जिकिर गरे ।

प्रमुख प्रतिपक्ष कांग्रेस सहित भारतका सबै प्रतिपक्ष राजनीतिक दल पाकिस्तानबाट सधैँका लागि आतंकवादीलाई समाप्त पार्न साथ दिइरहेको बेला सरकारले एक पटक पनि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलसँग सरसल्लाह नगरिकन युद्ध विराम हुनु गर्नु भनेको भारतले पाकिस्तान सँग आत्मसमर्पण गरेको जिकिर गरे ।

२०८२ वैशाख ९ गते मंगलबार भारतको कश्मिर राज्यको पर्यटकीय क्षेत्र पहलगाममा आतंकवादी आक्रमणमा परेर २६ जना पर्यटकले ज्यान गुमाएका थिए । जसमा नेपाल, भारत र विदेशका पर्यटक रहेका थिए । पहलगाम आतंकवादी आक्रमणमा पाकिस्तानी आतंकवादी र पाकिस्तानको हात रहेको निष्कर्ष निकाल्दै भारतले वैशाख २३ गते मंगलबारदेखि पाकिस्तान माथि आक्रमण सुरु गरेका थिए ।

भारतले पाकिस्तान माथि सुरु गरेको आक्रमणको पाँचौँ दिन अमेरिकाको पहलमा युद्ध विराम गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा भारत र पाकिस्तानका लाखौँ जनताले ज्यान गुमाउनु पर्ने अवस्था श्रृजना भएकोले त्यस्तो क्षतिलाई रोक्न दुवै देश बिच युद्ध विरामका लागि आफुले पहल गरेको बताए ।

भारतले पाकिस्तान माथि गरेको हवाई आक्रमणको आवाज रावल पिन्डिसम्म पुगेको जिकिर गरेका छन् । तर पाकिस्तानले आफूसँग गहेको आणविक हतियार मिसाल सँग भारत डराएर पछि हटेको दाबी गरेका छन् । यी दुई देश बिच भएको युद्धको क्रममा भएको क्षतिको विवरण बाहिर आएको छैन ।