खबर पूर्वाञ्चल १०औं वर्षमा प्रवेश

  • चिरफार डटकम, विराटनगर १९४  पटक हेरिएको

सोमबार, बैशाख २९, २०८२ समय : १५:२३:०६ , १३ घन्टा अगाडि

खबर पूर्वाञ्चल १०औं वर्षमा प्रवेश गरेको छ । खबर पूर्वाञ्चल अनलाइन समाचार पोर्टल हो ।

१०औं वर्षमा प्रवेश गरेको अवसरमा खबर पूर्वाञ्चलले सोमबार विराटनगरमा आयोजना गरेको वार्षिकोत्सव कार्यक्रममा सबै क्षेत्र तह र तप्काका व्यक्तिहरूले शुभकामना सन्देश दिएका छन् ।

कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले प्रमुख अतिथिको रुपमा खबर पूर्वाञ्चलको १०औं वार्षिकोत्सवको उद्घाटन गरेका थिए ।

खबर पूर्वाञ्चलका अध्यक्ष पुष्पराज थपलियाको सभापतित्वमा सम्पन्न १०औं वार्षिकोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, खबर पूर्वाञ्चलका सम्पादक डा. डिल्ली पोखरेल सहित विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश व्यक्त गरेका थिए ।