विराटनगर कारागारमा १०४४ जना कैदीबन्दी 

  • चिरफार डटकम, विराटनगर २१३  पटक हेरिएको

मंगलबार, बैशाख ३०, २०८२ समय : १४:०५:४० , १ दिन अगाडि

विराटनगर कारागारमा १ हजार ४४ जना कैदीबन्दी रहेका छन् । कारागारको २ वटा भवनमा १ हजार ४४ जना कैदीबन्दी रहेको विराटनगर कारागारका प्रमुख गौरव ढुंगेलले जानकारी गराए ।

विराटनगर कारागारको २ भवनमा ९ सय ३२ जना पुरुष, १०९ जना महिला र महिलासँग आश्रित अन्य ३ महिला गरी १ हजार ४४ जना कैदीबन्दी रहेको ढुंगेलले बताए ।

जिल्ला कारागार मोरङ विराटनगरमा कैदीबन्दीका लागि ३६ करोड रुपैयाँको लागतमा निर्माण गरिएको भवनको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबार उद्घाटन गरेका छन् ।