
- चिरफार डटकम, विराटनगर ३५८ पटक हेरिएको
शुक्रबार, जेठ २३, २०८२ समय : १८:४१:५९ , १ दिन अगाडि
विराटनगरको बरगाछी चौकमा क्याबिन सहितको के.एस.एम. रेष्टुरेन्ट एण्ड क्याफे खुलेको छ । विराटनगर–६ का युवा व्यवसायी वसिम हुसेनले दिदी फरिदा खातुन र भिनाजु समीम अख्तरको सहयोगमा ५ लाख रुपैयाँ लगानी गरेर के.एस.एम. रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालनमा ल्याएका हुन ।
विराटनगर महानगरपालिकाको वडा नं. ४ स्थित बरगाछी चौकको पश्चिम तर्फ निहारीका कलेजको ठिक अगाडी २ तल्ले भवनको माथिल्लो तल्ला भाडामा लिएर हुसेनले क्याफे सञ्चालनमा ल्याएका हुन् । यस अघि हुसेनले विराटनगर महानगरपालिकाको वडा नं. ६ स्थित केसलिया रोडको पारी के.एस.एम. रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालन गरिरहेका थिए ।
हुसेनले केसलिया रोडकै क्याफेलाई शुक्रबारदेखि बरगाछी चौकमा सारेका हुन् । शुक्रबारदेखि क्याफे सञ्चालनमा आएको छ । क्याफेको शुभारम्भ समारोहमा युवा व्यवसायी हुसेनले भने– मटका चिया, मटन बिरयानी, मटन चिकेन बिरयानी, चिकेन मूठिया, कलकता कालीकोल, भेज मःमः, चिकेन मःमः, भेज चाउमिन, चिकेन चाउमिन सहित चिसो पेय पदार्थको लागि के.एस.एम. रेष्टुरेन्ट एण्ड क्याफे लोकप्रिय पहिचान बनाएको छ ।
ह्यापिबथडे, एनिभर्सरीका लागि ५० जना सम्म अटाउने खुल्ला हलको व्यवस्था रहेको छ । यस बाहेक ५ वटा क्याबिन रुम छ । क्याबिन रुमको सेवा लिन चाहने ग्राहकले घण्टाको २ सय रुपैयाँ बुझाउनु पर्छ । २ हजार भन्दा बढी बिल हुने ग्राहकलाई ५ प्रतिशत र त्यो भन्दा कम बिल हुने ग्राहकलाई २ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको क्याफेका सञ्चालक हुसेनले बताए ।