
- चिरफार डटकम, विराटनगर २७८ पटक हेरिएको
शनिबार, जेठ ३१, २०८२ समय : १७:३३:०७ , १ दिन अगाडि
तेरापंथ युवक परिषद् विराटनगरको अध्यक्षमा अरिहन्त बैद्य निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न युवक परिषद्को निर्वाचनमा नवनिर्वाचित अध्यक्ष अरिहन्त बैद्यले ८७ मत प्राप्त गरेका थिए ।
पवन बोथराले ८० मत प्राप्त गरेर पराजित भए । १ सय ७४ जनाले मतदान गरेका थिए । जसमध्ये ७ मत बदर भएको थियो ।