
- चिरफार डटकम, विराटनगर ४९५ पटक हेरिएको
शनिबार, आषाढ ०७, २०८२ समय : २१:०९:२९ , १ हप्ता अगाडि
फोकस नेपालले विराटनगरको अरनिको कलेजलाई राष्ट्रिय शिक्षा अवार्ड प्रदान गरेको छ । विराटनगरको अरनिको कलेज विज्ञान सङ्कायतर्फ नेपालको उत्कृष्ट कलेज हो ।
विराटनगरको अरनिको कलेजका तेजस्वी आचार्य र राकेश साहले २०८१ सालमा कक्षा १२ तर्फ विज्ञान सङ्कायमा ३.९६ जीपीए अङ्कका साथ उत्कृष्ट नतिजा ल्याउँदै नेपाल प्रथम भएका थिए । उत्कृष्ट नतिजालाई आधार मानेर फोकस नेपालले अरनिको कलेजलाई राष्ट्रिय शिक्षा अवार्ड प्रदान गरेको हो ।
फोकस नेपालले शनिबार नेपाल प्रहरी क्लब काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विराटनगरको अरनिको कलेजलाई उत्कृष्ट कलेज घोषणा गर्दै राष्ट्रिय शिक्षा अवार्ड प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधान न्यायाधीश एवं संविधान सभाको चुनाव गराउने मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नयनसिंह महर र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीलाई राष्ट्रिय शिक्षा अवार्ड प्रदान गरेका हुन् ।
अरनिको कलेजका सञ्चालक एवं प्रिन्सिपल राजेश कार्कीले नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै फोकस नेपालले प्रदान गरेको राष्ट्रिय शिक्षा अवार्ड प्रति आफू सहित आफ्नो टिम उत्साहित रहेको बताए ।