
- चिरफार डटकम, विराटनगर ५६२ पटक हेरिएको
आइतबार, आषाढ ०८, २०८२ समय : १३:५६:२१ , १ हप्ता अगाडि
मारवाडी महिलाले आइतबार विराटनगरमा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गर्यो । तेरापंथ महिला मण्डल विराटनगरले अखिल भारतीय तेरापंथ महिला मण्डलसँग सहकार्य गरेर आंचलिका प्रबुद्ध महिला सेमिनारको आयोजना गरिएको हो ।
विराटनगरस्थित जैन भवनमा आयोजना गरिएको सेमिनारमा नेपाल र भारतको विहार तथा झारखण्ड राज्यका तेरापंथ महिला मण्डलका १६ शाखाका अध्यक्ष सहित पदाधिकारीहरूको सहभागिता रहेको थियो । युगप्रधान आचार्य श्री महाश्रमणका विद्धान सुशिस्य समणी निर्देशिका विपुल प्रज्ञा र आदर्श प्रज्ञाको सानिध्यतामा तेरापंथ महिला मण्डल विराटनगरले सेमिनारको आयोजना गरेका थिए ।
प्रवर्द्धन विषयमा सेमिनार केन्द्रित रहेका थिए । महिला उद्योगी राज्यलक्ष्मी गोल्छा, गिरिजा सारडा र डा. कोपिला अग्रवालले प्रवर्द्धन विषयमा महिलालाई प्रशिक्षित गरेका थिए । तेरापंथ महिला मण्डल विराटनगरका अध्यक्ष महिला उद्यमी एवं सामाजिक अभियानता सन्तोष जैनले महिलालाई सम्मान अधिकारका लागि आफ्नो संस्था काम गरिरहेको बताइन ।
महिलालाई हरेक क्षेत्रमा बलियो र सक्षम बनाउने गरी प्रशिक्षित गराउने उद्देश्यका साथ सेमिनारको आयोजना गरिएको अध्यक्ष जैनले बताइन ।
तेरापंथ महिला मण्डल विराटनगरका अध्यक्ष सन्तोष जैनको अध्यक्षतामा आयोजना गरिएको सेमिनारको उद्घाटन समारोहमा अखिल भारतीय तेरापंथ महिला मण्डलका अध्यक्ष सरिता डाँगा, जैन स्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगड, तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष अरिहन्त बैद्य, तेरापंथ प्रोफेसनल फोरम विराटनगरका अध्यक्ष अमित सुरानाले सेमिनार सफलताको शुभकामना व्यक्त गरेका थिए ।