४ अर्ब ४० लाखको बजेट ल्याउने विराटनगर महानगरपालिकाको तयारी

  • ब्रह्मदेव यादव, विराटनगर ३९४  पटक हेरिएको

सोमबार, आषाढ ०९, २०८२ समय : १४:१४:३६ , १ हप्ता अगाडि

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ४ अर्ब ४० लाख रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । विराटनगर महानगरपालिकाको सोमबार बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०८२ / ०८३ को लागि निति तथा कार्यक्रम र बजेटलाई एक साथ अनुमोदन गरेको छ ।

मेयर नागेश कोइराला इजरायल भ्रमणमा रहेको कारण विराटनगर महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन । एकै पटक  नीति तथा कार्यक्रम र बजेट महानगरपालिकाले सार्वजनिक गर्न लागेको हो ।

विराटनगर महानगरपालिकाले असार १० गते मंगलबार आव्हान गरेको १६औँ नगर सभाबाट आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न लागेको हो । विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले सोमबार बसेको महानगरपालिकाका जनप्रतिनिधिहरूको बोर्ड बैठकले आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको जानकारी गराए ।

विराटनगर महानगरपालिकाको बोर्ड बैठकबाट पारित भएको बजेट १६औँ नगर सभामा प्रस्तुत गरिने कार्यक्रम रहेको छ । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कार्यालय सञ्चालन र प्रशासनिक खर्चका लागि ६५ करोड रुपैयाँ विनियोजन गरेका छन् । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा मर्मत सम्भारका नाममा १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित