
- चिरफार डटकम, विराटनगर २५३ पटक हेरिएको
शुक्रबार, आषाढ १३, २०८२ समय : १६:२९:४० , ४ दिन अगाडि
विराट व्यापार संघको केन्द्रीय कार्यालय विराटनगरले विराटनगर–१४ जतुवास्थित श्री कृष्ण गौ सेवा सदनका ८ जना कर्मचारीलाई जनही २ लाख रुपैयाँका दरले दुर्घटना बीमा गराई दिएका छन् ।
विराट व्यापार संघको २५औं वार्षिकोत्सव एवं स्थापना दिवसको अवसरमा श्री कृष्ण गौ सेवा सदनमा आयोजना गरिएको कार्यक्रममा गौ सेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालको उपस्थितिमा गौ सेवा सदनका ८ जना कर्मचारीलाई जनही २ लाख रुपैयाँका दरले १६ लाख रुपैयाँको दुर्घटना बीमा गराई दिएको हो ।
विराट व्यापार संघका अध्यक्ष अंशु बन्जरा सहित संघका पदाधिकारी, कार्यसमिति सदस्य, निवर्तमान अध्यक्ष तथा पूर्वअध्यक्षहरु श्री कृष्ण गौ सेवा सदनको कार्यक्रममा सहभागी थिए । संघका अध्यक्ष अंशु बन्जराले २५औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा फरक तरिकाले कार्यक्रम आयोजना गरिएको बताए ।
श्री कृष्ण गौ सेवा सदनमा पुग्ने जो कोही उद्योगी, व्यवसायी, समाजसेवी र विभिन्न संघ संस्थाका पदाधिकारीहरू गौ सेवा सदनमा रहेका गाईलाई घाँसदेखि मिस्ठान खानेकुरा खुवाउने प्रचलन छ । तर विराट व्यापार संघ फरक तरिकाले गाईलाई खुसी पार्न गाईको रेखदेख गर्ने त्यहाँका कर्मचारीलाई खुसी पार्ने तरिकाले कार्यक्रम आयोजना गरिएको बताए ।
अध्यक्ष बन्जाराले भनेः गाईको रेखदेख गर्ने कर्मचारी खुसी भयो भने गाई आफै खुसी हुने भएकोले कर्मचारीलाई दुर्घटना बीमा गराइ दिएको हो ।