कान्तिपुरमा १ हजार ४ सय ३२ जनाले दिए प्रवेश परीक्षा

  • चिरफार डटकम, विराटनगर २२५  पटक हेरिएको

बिहिबार, आषाढ १९, २०८२ समय : १७:३५:०२ , १७ घन्टा अगाडि

विराटनगर स्थित कान्तिपुर कलेजमा तीन संकाय तर्फ अध्ययनका लागि १ हजार ४ सय ३२ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । कान्तिपुर कलेजले प्लस टु तर्फ विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन संकाय तर्फको कक्षा सञ्चालन गरिरहेका छन् ।

कान्तिपुर कलेजले सञ्चालन गरिरहेको विज्ञान संकाय, व्यवस्थापन संकाय र होटेल व्यवस्थापन संकाय तर्फ विद्यार्थीको आकर्षण बढ्दो छ ।

कान्तिपुर कलेजका प्रिन्सिपल भेषराज नेपाल (भुवन) ले विज्ञान संकाय तर्फ ४ सय ५०, व्यवस्थापन संकाय तर्फ ४ सय ५० र होटेल व्यवस्थापन संकाय तर्फ १ सय ५० गरी १ हजार ५० जना विद्यार्थी भर्ना लिने बताए ।

जसका लागि बिहीबार १ हजार ४ सय ३२ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको प्रिन्सिपल नेपालले बताए । शुक्रबार बिहान प्रवेश परीक्षाको नजिता सार्वजनिक गरे लगत्तै भर्ना अभियान सुरु गरिने प्रिन्सिपल नेपालले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्