विराटनगरकी श्रृति शर्मा चिनको सेमिनारमा

  • चिरफार डटकम, विराटनगर ५२२  पटक हेरिएको

आइतबार, आषाढ २२, २०८२ समय : १८:२२:३३ , २ महिना अगाडि

विराटनगरका महिला उद्यमी श्रृति शर्मा चिनको सेमिनारमा सहभागिता जनाएकी छिन् । चिनको निङवो सहरमा सेमिनारको आयोजना गरिएको हो । शर्मा लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहेकी छिन् ।

शर्मा विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिका संयोजक हुन् । र उनले संघको तर्फबाट नेतृत्व गर्दै चिनको सेमिनारमा पुगेकी  हुन् ।

नेपाल, चिन कार्यकारी परिषद् (एन.सी.सी.) को समन्वय र चिनको वाणिज्य मन्त्रालयको सहयोगमा आयोजित सत्ताव्यापी सेमिनारमा नेपाल सहित विश्वका ५ देशका उद्योगी प्रतिनिधिको सहभागिता रहेका छन् ।

सेमिनारमा प्राविधिक तथा व्यवसायी चिनिया मोडेलमा आधारित रहेर छलफल आयोजना गरिएको हो । शैक्षिक सहकार्य, ज्ञान आदानप्रदान र आगामी दिनमा नेपाल र चिन बिच संयुक्त रूपमा आयोजना गरिने तालिम तथा कार्यक्रमहरूको बारेमा छलफल भएको महिला उद्यमी शर्माले बताइन ।