
- ब्रह्मदेव यादव, विराटनगर ९३१ पटक हेरिएको
बुधबार, आषाढ २५, २०८२ समय : १६:००:५० , १ दिन अगाडि
मोरङ जिल्लाको विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको नेपाल भारतको अन्तर्राष्ट्रिय रानी नाकाको दशगजा क्षेत्रमा सशस्त्र प्रहरीले सर्वसाधारणको सामान नियन्त्रणमा लिएर जफत गरिरहेका छन् । यो सशस्त्र प्रहरीको दादागिरी बाहेक अरू केही पनि हुन सक्दैन ।
भारतको जोगबनीबाट किनमेल गरेर नेपाल फर्किरहेका सर्वसाधारणलाई विराटनगर भन्सार कार्यालयको यात्रु शाखासम्म सामान आइपुग्नु भन्दा अघि नै सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा सर्वसाधारणको सामान नियन्त्रणमा लिएर जफत गरिरहेका छन् । सशस्त्र प्रहरीले ऐन कानुन विपरीत गरिरहेको कामको विराटनगर भन्सार कार्यालयले असन्तुष्टि जनाएका छन् ।
भारतको जोगबनीबाट नेपाल भित्रिने गरेका सामानमा सरकारले विराटनगर भन्सार कार्यालयको यात्रु शाखा मार्फत भन्सार महसुल लिएर सामान छोड्नु पर्ने हो । तर भन्सार कार्यालयको यात्रु शाखामा सामान आइपुग्नु भन्दा अघि नै दशगजा क्षेत्रमा सशस्त्र प्रहरीले सर्वसाधारणको सामान नियन्त्रणमा लिएर जफत गर्न पाइँदैन ।
जोगबनीबाट किनमेल गरेर नेपाल फर्किएका सर्वसाधारणले विराटनगर भन्सार कार्यालयको यात्रु शाखामा भन्सार महसुल नतिरीकन सिधै सामान विराटनगर भित्र्याउन खोज्यो भने भन्सार राजश्व चुहावट ऐन बमोजिम सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिएर जफत गर्न पाइन्छ । तर सशस्त्र प्रहरीले भन्सार कार्यालयको यात्रु शाखासम्म सामान आइपुग्नु भन्दा अगाडि दशगजा क्षेत्रमा सशस्त्र प्रहरीको टोली राखेर सामान नियन्त्रणमा लिर्दै जफत गर्न पाइँदैन । यही विषयमा सशस्त्र प्रहरी र भन्सार प्रशासन बिच मनमुटाब र टक्राएको अवस्था छ ।
नेपाल सरकारको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सिमानाको दशगजा क्षेत्रमा सशस्त्र प्रहरीको टोली राखेर देशलाई हानी नोक्सानी पुर्याउने गरी हतियारदेखि विस्फोटक पदार्थ बनाउने केमिकल आइरहेको छ भने सूचनाको आधारमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर खानतलासी तथा चेक जाँच गर्न पाउछ । तर सशस्त्र प्रहरीले नेपाल र अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै रानी नाकाको दशगजा क्षेत्रमा सर्वसाधारणले घरका लागि ल्याउने गरेको अति आवश्यक खाद्यान्न सामग्रीदेखि लत्ताकपडालाई नियन्त्रणमा लिएर जफत गरिरहेका छन् ।
सशस्त्र प्रहरी बल रानी गुल्मका प्रमुख डिएसपी विकास खतिवडाले रानी नाकामा भन्सार कार्यालय नभई यात्रु शाखा मात्रै रहेकोले कुनै पनि व्यवसायीले खाद्यान्नदेखि लत्ताकपडा ल्याउन पाइँदैन । यदि ल्याएको खण्डमा नियन्त्रणमा लिएर विराटनगर भन्सार कार्यालयमा बुझाउने गरेको बताए ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत विमल साहले दोस्रो तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने सामानको पहिला भन्सार कार्यालयले भन्सार महसुल असुली गर्ने व्यवस्था छ । यदि भन्सार महसुलमा चुहावट भएको आशंका लागेको खण्डमा मात्रै राज्यले परिचालन गरेको निकायले सामान चेक जाँचदेखि नियन्त्रण र बरामद गर्न पाउने कानुनी व्यवस्था रहेको बताए ।