विराटनगर भन्सार कार्यालयको राजश्व असुली ८०.९ प्रतिशत

  • ब्रह्मदेव यादव, विराटनगर ४८२  पटक हेरिएको

बिहिबार, साउन ०१, २०८२ समय : १७:२९:५० , २ दिन अगाडि

विराटनगर भन्सार कार्यालयको राजश्व असुलीमा सुधार भइरहेको छ । ५ महिना अगाडी विराटनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको रूपमा नेतृत्व सम्हालेका उमेश श्रेष्ठले ३ वर्ष यताकै सबैभन्दा बढी राजश्व असुली गरेका छन् । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ३३ अर्ब ६२ करोड रुपैयाँ राजश्व असुली गरेका छन् ।

४१ अर्ब ५५ करोड रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य पाएको विराटनगर भन्सार कार्यालयले ३३ अर्ब ६२ करोड अर्थात् लक्ष्यको तुलनामा ८०.९ प्रतिशतले राजश्व असुली गरेको हो । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ३० अर्ब ३५ करोड रुपैयाँ राजश्व असुली गरेका थिए । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले ३ अर्ब २७ करोड रुपैयाँ बढी राजश्व असुली गरेका छन् । जुन १०.७७ प्रतिशतले बढी राजश्व असुली भएको हो ।

विराटनगर भन्सार कार्यालयले सामान आयात र निर्यात शीर्षकमा राजश्व असुली गरिरहेका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भन्सार विभागको ऐन र कानुन भित्र रहेर सेवा ग्राहीलाई छिटोछरितो तरिकाले सेवा प्रवाह प्रदान गरिरहेकोले राजश्व असुलीमा वृद्धि भएको बताए ।

नेपाल सरकारको भन्सार ऐन र कानुन बमोजिम सेवाग्राही र राज्यलाई मार्का नपर्ने गरी बिचमा रहेर छिटोछरितो तरिकाले सेवा प्रवाह गर्ने मुख्य उद्देश्यका साथ अगाडि बढेको प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए । भन्सार राजश्व असुलीमा कसैसङ कुनै पनि किसिमको कम्परमाइज हुँदैन । र सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने विषयमा ढिलाइ हुँदैन ।

यही उद्देश्यका साथ विराटनगर भन्सार कार्यालयले सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए ।