श्री राधाकृष्ण रथयात्रामा वितरण गरिने प्रसाद व्यवस्थापनको तयारी पुरा

  • चिरफार डटकम, विराटनगर २९९  पटक हेरिएको

आइतबार, साउन ३२, २०८२ समय : १३:३५:२५ , १४ घन्टा अगाडि

५८औं संस्करणको श्री राधाकृष्ण रथयात्रामा वितरण गरिने प्रसाद व्यवस्थापनको तयारी पुरा भएको छ । आज आइतबार विराटनगरमा श्री राधाकृष्ण रथयात्रा निस्कदै छ ।

श्री राधाकृष्ण रथयात्रा आयोजक समितिले मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीलाई प्रसाद व्यवस्थापन उप–समितिको संयोजक बनाएर प्रसाद वितरण कार्यलाई अगाडि बढाएको छ ।

मारवाडी युवा मञ्च विराटनगरले श्री राधाकृष्ण रथयात्रा सँगसँगै गाडीमा युवाको टोली परिचालन गरेर व्यवस्थित रूपमा प्रसाद वितरण गर्ने तयारी गरेको छ ।

मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले १ लाख पिस चक्लेट, ७० हजार बुनियाको प्याकेट, ४० हजार चिउरा मखानाको प्याकेट, सहित स्याउ, नास्पाती र केरा प्रसादको रूपमा भक्तजनलाई वितरण गरिने जानकारी गराए ।

मारवाडी युवा मञ्च विराटनगरले श्री राधाकृष्ण रथयात्रामा वितरण गरिने प्रसादलाई व्यवस्थित बनाउन शनिबार मारवाडी युवा सँग व्यापक छलफल गरेका थिए ।

यस वर्ष नयाँ रथ निर्माण गरिएको छ । नेपाल र भारतका ५ लाख भन्दा बढी सनातन हिन्दू धर्मावलम्बीहरुले रथयात्राको अवलोकन गर्नेछन् ।