
- चिरफार डटकम, विराटनगर २९४ पटक हेरिएको
सोमबार, भाद्र ०१, २०८२ समय : १७:२८:५१ , २० घन्टा अगाडि
उद्घोष दैनिकले विराटनगरको अनिता सोनीलाई नारी सम्मान प्रदान गरेको छ ।
उद्घोष दैनिकले २१औं वार्षिकोत्सवको अवसरमा सोमबार विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममा सोनीलाई नारी सम्मान प्रदान गरेको हो ।
नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सोनीलाई नारी सम्मान प्रदान गरेकी हुन् । सोनी गीत संगितको माध्यमबाट नेपाल, भारत सहित अन्तर्राष्ट्रिय क्षेत्रमा नाम कमाइरहेकी छिन् ।
सोनीले नेपाली र हिन्दी भाषामा लेखेकी दुई दर्जन भन्दा बढी गीत युट्युब च्यानल मार्फत प्रशारण भइरहेको छ ।