
- चिरफार डटकम, विराटनगर ३५९ पटक हेरिएको
सोमबार, भाद्र ०१, २०८२ समय : १७:३१:३७ , २० घन्टा अगाडि
उद्घोष दैनिकले उद्योगी महेश जाजुलाई सम्मान गरेको छ । उद्घोष दैनिकले २१औं वार्षिकोत्सवको अवसरमा सोमबार विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममा उद्योगी जाजुलाई उत्कृष्ट विज्ञापन दाताको सम्मान प्रदान गरेको हो ।
नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगी जाजुलाई उत्कृष्ट विज्ञान दाताको सम्मान प्रदान गरेको हो । एशियन थाइफुड्स प्रा.लि.का निर्देशक जाजुले आफ्नो उत्पादनको प्रचार–प्रसार गर्ने गरी उद्घोष दैनिक सहितका सञ्चार माध्यमलाई व्यवसायीक विज्ञापन उपलब्ध गराएर सहयोग गरिरहेका छन् ।
उद्योगी जाजु र सारडा ग्रुपको संयुक्त लगानीमा चाउचाउ, बिस्कुट, चक्लेट, जुस लगायतका सामग्री उत्पादन भइरहेका छन् ।