उद्योग संगठन मोरङले स्थापना गर्‍यो विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्क

  • ब्रह्मदेव यादव, विराटनगर १८७  पटक हेरिएको

सोमबार, भाद्र ०९, २०८२ समय : १६:१७:२८ , १० घन्टा अगाडि

उद्योग संगठन मोरङले युवा युवतीलाई उद्यमी बनाउने उद्देश्यका साथ विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्क (वेन) को स्थापना गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र उद्योग संगठन मोरङका अध्यक्ष विराटनगर एन्जल इ इन्भेष्टर्स नेटवर्कको शुभारम्भ गरेका छन् ।
युवा युवतीलाई विदेश जानबाट रोक्न र उनीहरूका लागि नेपालमै उद्यमी बनाएर रोजगार उपलब्ध गराउने उद्देश्यका साथ उद्योग संगठन मोरङले स्टार्टअप इकोसिस्टम अन्तर्गत विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्कको शुभारम्भ गरेको अध्यक्ष नन्दकिशोर राठीले बताए ।
युवा उद्यमीले लगानी खोज्ने र लगानी गर्न चाहने उद्योगी व्यवसायी बिच सिधै सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ संगठनले विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्कको स्थापना गरेको हो । संगठनको पहलमा सम्भावित लगानी कर्ताको सञ्जाल बनाएर नवप्रवर्तन र स्टार्टअप आवश्यक पर्ने लगानी जुटाउन विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्कको स्थापना गरिएको अध्यक्ष राठीले बताए ।
संगठनले स्थापना गरेको विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्कलाई सफल बनाउन कोशी प्रदेश सरकारले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । संगठनले शुभारम्भ गरेको विराटनगर एन्जल इन्भेष्टर्स नेटवर्क कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागिता जनाउँदै बढ्दो विदेश पलायन रोक्न र नेपालमै बेरोजगार युवा युवतीलाई उद्यमी बनाएर रोजगार उपलब्ध गराउने संगठनको कदम स्वागत योग्य रहेकोले कोशी प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संगठले शुभारम्भ गरेको औपचारिक कार्यक्रममा युवा युवतीले उत्पादन गरेर बजारमा ल्याउन लागेको उत्पादित सामग्रीबारे सहभागीहरूले चासो व्यक्त गरेका छन् । विराटनगरका उद्यमी राजेन्द्र राउत, महेश जाजु, अनुपम राठी, गिरिजा सारडा, अनिल साह, सुयश प्याकुरेल, सुशिल धनावतले युवा युवतीले उत्पादन गर्न लागेको ९ वटा स्टार्टअप कम्पनीमा लगानी गर्ने आश्वासन दिएका छन् ।
जसका लागि युवा युवती उद्यमीलाई छलफलका लागि बोलाएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आफू पनि युवा युवती उद्यमीसँग छलफल गर्न चाहेको धारणा राखेका थिए ।