मोरङमा १०३ कार्यालय क्षतिग्रस्त

  • चिरफार डटकम, विराटनगर ३५६  पटक हेरिएको

मंगलबार, भाद्र ३१, २०८२ समय : १५:४६:१८ , ७ महिना अगाडि

जेन–जी युवा पुस्ताको आन्दोलनमा मोरङ जिल्लामा ३ तहकै सरकारका १ सय ३ वटा कार्यालयमा क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भाद्र २४ गते मंगलबार जेन–जी आन्दोलनको क्रममा जिल्लामा संघिय सरकारका २१, प्रदेश सरकारका १४, स्थानीय पालिका भवन १० र ५८ वटा वडा कार्यालय भवनमा क्षति पुगेको बताए ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार मोरङ जिल्लामा ७३ वटा संघिय कार्यालय, ३९ वटा प्रदेश कार्यालय, १७ वटा स्थानीय पालिका भवन र १ सय ५९ वटा वडा कार्यालय भवन गरी १ सय ४८ वटा कार्यालय रहेका छन् । जसमध्ये १ सय ३ वटा कार्यालय आन्दोलनको क्रममा क्षतिग्रस्त हुन पुगेको बताए ।

आन्दोलनको क्रममा नेपाल प्रहरीका १७ वटा पोष्ट र सशस्त्र प्रहरीको ४ वटा पोष्टमा क्षति पुगेको उनले बताए । ८ वटा राजनीतिक पार्टीको कार्यालय, ३ व्यापारिक भवन, ४ वटा संघसंस्था, १ वटा संस्थान र १५ वटा निजी घरमा क्षति पुगेको उनले बताए ।

आन्दोलनको क्रममा प्रहरीले दमन गर्दा जेन–जी युवा पुस्ताका ७२ जनाले ज्यान गुमाइ सकेका छन् । ४ सय भन्दा बढी युवापुस्ता घाइते भएर उपचार गराइ रहेका छन् ।

आन्दोलनको क्रममा केपी शर्मा ओली नेतृत्वको एमाले कांग्रेसको सरकारको बाहिरी गमन भएको छ । सुशिला कार्की अन्तरिम सरकारको नेतृत्वमा पुगेकी छिन् । संघिय संसद विघटन भएर फागुन २१ गते नयाँ चुनावको मिति तोकिएको छ ।