- ब्रह्ममदेव यादव, विराटनगर ८३१ पटक हेरिएको
मंगलबार, भाद्र ३१, २०८२ समय : २१:२४:०८ , ७ महिना अगाडि
मंगलबार साँझ विराटनगरमा परिवर्तनकारी आन्दोलनमा साहदत प्राप्त गरेका शहिदहरुलाई दिप प्रज्वलन गरेर श्रद्धाञ्जली दिएका छन् ।

मारवाडी युवा मञ्च विराटनगरले शहिदहरुका लागि श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । विराटनगरको मेनरोड स्थित अतिथि सदन अगाडी आयोजना गरिएको श्रद्धाञ्जली सभामा सबै क्षेत्र, तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

विभिन्न राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्तादेखि उद्योगी व्यवसायीहरूको बाक्लो संख्यामा श्रद्धाञ्जली सभामा सहभागिता रहेको थियो । मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले युवा पुस्ताको परिवर्तनकारी आन्दोलनको क्रममा साहदत प्राप्त गरेका शहिदहरुका लागि दिप प्रज्वलन गरेर श्रद्धाञ्जली दिने गरी कार्यक्रम आयोजना गरिएको बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, संविधान सभाका सदस्य एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रिय सह–कोषाध्यक्ष फुलकुमार लालवानी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, जैनश्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगड, माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा, उद्योगी एवं समाजसेवी बेनिगोपाल मुन्दडा, नन्दकिशोर राठी (मारुती सिमेन्ट), मोहनलाल शर्मा, घनश्याम राठी, चम्पालाल राठी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मनोज बस्नेत, विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साह, नेपाल मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानी, माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजु, नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष बर्तिका खेतान, तेरापंथ महिला मण्डल विराटनगरका अध्यक्ष मिलन नौलखा, स्वर्णकार महिला मञ्चकी अध्यक्ष सीतल सोनी, झुमा निरौला कार्यक्रममा सहभागिता जनाउँदै शहिदहरुलाई दिप प्रज्वलन गरेर श्रद्धाञ्जली दिएका थिए ।