प्रदेश  खारेज गर्नुपर्छ– घिमिरे

  • ब्रह्मदेव यादव, विराटनगर ४५८  पटक हेरिएको

आइतबार, आश्विन ०५, २०८२ समय : १७:४५:३५ , ७ महिना अगाडि

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका संस्थापक अध्यक्ष उद्योगी भीम घिमिरेले प्रदेशलाई खारेज गर्नुपर्ने धारणा राखेका छन् ।

चिरफार डटकम सँग कुरा गर्दै उद्योगी घिमिरेले संविधान संशोधन गरेर प्रदेश खारेज गर्नु पर्ने अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीलाई सुझाव दिएका छन् । नेपालको संविधान २०७२ मा संघिय लोकतान्त्रिक व्यवस्थाको परिकल्पना गरिएको छ ।

२०७४ सालमा प्रदेशको स्थापना भएको थियो । प्रदेश स्थापना भएको १ वर्षपछि नै उद्योगी घिमिरेले विभिन्न मञ्च मार्फत प्रदेश खारेजको माँग गरिरहेका थिए ।

भाद्र २३ र २४ गते देश भरी भएको जेन–जी युवा पुस्ताको आन्दोलन पछि गठन भएको अन्तरिम सरकारको पहिलो मन्त्री परिषद्को बैठकले संघिय संसदलाई खारेज गरेर २०८२ फागुन २१ गते नयाँ निर्वाचन गराउने मिति तोकेको छ ।

उद्योगी घिमिरेले प्रदेश सरकार सञ्चालन गर्न मोटो रकम खर्च भइरहेको र देशले यत्रो मोटो रकम खर्च धान्न सक्ने अवस्था नरहेकोले प्रदेश खारेजीको माँग गरेको हो ।

उद्योगी घिमिरेले भ्रष्टचार विरुद्धको जेन–जी युवा पुस्ताको शान्तिपुर्ण आन्दोलनलाई उद्योगीको पूर्ण समर्थन रहेको तर उद्योगमा भएको तोडफोड, लुटपाट र आगजनीको घटनालाई स्वीकार गर्न नसक्ने बताए ।

घिमिरेले नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष उद्योगी विनोद चौधरी सहित भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिनबहादुर गुरुङ लगायत निजी क्षेत्रमाथि भएको तोडफोड, लुटपाट र आगजनीको घटना अत्यन्त दुःखद र चिन्ताजनक रहेको बताएका छन् ।