- चिरफार डटकम, विराटनगर ३९८ पटक हेरिएको
सोमबार, आश्विन ०६, २०८२ समय : १३:०७:०७ , ७ महिना अगाडि
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समिति विराटनगरले छिटो भन्दा छिटो जनतालाई सेवा प्रवाह गर्नको लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्प्यूटर उपलब्ध गराएको छ ।
जेन–जी युवा पुस्ताले भाद्र २४ गते गरेको शान्तिपूर्ण आन्दोलनको क्रममा उच्छृंखल समूहले गरेको तोडफोड र आगजनीका कारण जिल्ला प्रशासन कार्यालय मोरङको सेवा प्रवाह गर्ने आवश्यक सामग्री जलेर नष्ट भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले जेन–जी युवा पुस्ताको आन्दोलनको क्रममा आगलागीबाट सेवा प्रवाह गर्ने सामग्री जलेर नष्ट भएकोले तत्कालै सेवा सुचारु गर्नको लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्प्यूटर उपलब्ध गराएको बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आवश्यक उपकरणको कारण प्रभावित बनेको सेवालाई सञ्चालनमा ल्याउन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले गरेको सहयोग सराहनीय रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) भण्डारीले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई १० थान कम्प्यूटर सेट उपलब्ध गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको पहलमा एसियन पेन्टसबाट ३ सय लिटर रङ जिल्ला प्रशासन कार्यालय मोरङलाई उपलब्ध गराइएको छ ।