- चिरफार डटकम, विराटनगर ४४५ पटक हेरिएको
बुधबार, आश्विन ०८, २०८२ समय : १५:५१:४६ , ७ महिना अगाडि
विराटनगर लेडिज सर्कल ५ ले बुधबार विराटनगरमा ५ सय भन्दा बढी गरिब तथा विपन्न परिवारलाई लत्ताकपडा र खेलौना सामग्री वितरण गरेका छन् ।

कार्यक्रममा सहभागी गरिब तथा विपन्न परिवारलाई लत्ताकपडा र खेलौना सहित मिष्ठान खाना र आइसक्रिम खुवाएका थिए । नेपालीहरूको महान चार्ड विजया दशमी, शुभ दीपावली र छठ पर्वको अवसर पारेर गरिब तथा विपन्न परिवारलाई लत्ताकपडा र खेलौना वितरण गरिएको लेडिज सर्कल नेपाल विराटनगरका अध्यक्ष एवं महिला उद्यमी कुसुम लुनियाँले बताइन ।
चार्ड पर्वको बेला हुने खानेले किनेर नयाँ लुगा लगाउने परम्परा छ । तर समाजमा कष्टकर जीवन बिताइरहेका गरिब तथा विपन्न परिवारलाई सहयोग हुने गरी लत्ताकपडा र खेलौना सामग्री वितरण गरिएको अध्यक्ष लुनियाँले बताइन ।

विराटनगर महानगरपालिकाको वडा नं. १८ जतुवा स्थित कृष्ण गौ सेवा सदनमा लेडिज सर्कल नेपाल विराटनगरले लत्ता कपडा वितरण गरेका थिए ।

जहाँ लत्ता कपडा र खेलौना लिनुको साथै मिष्ठान खाना खान हजारौँ महिला र बालबालिका उपस्थित रहेका थिए । लेडिज सर्कल नेपाल विराटनगरका अध्यक्ष महिला उद्यमी कुसुम लुनियाँ, सचिव प्रिति चचान र कोषाध्यक्ष मोहिनी लुनियाँ सहित सर्कलका पदाधिकारी र सदस्यहरू कपडा वितरण कार्यक्रममा सहभागी भएका थिए ।