- ब्रह्ममदेव यादव, विराटनगर ६४७ पटक हेरिएको
आइतबार, आश्विन १९, २०८२ समय : १३:५३:५६ , ७ महिना अगाडि
लगातार २ दिनदेखि परिरहेको वर्षाका कारण विराटनगरमा १ सय ६१ घर परिवार विस्थापित भएका छन् । विस्थापित भएजतीका सबै विराटनगर–१२ का बासिन्दा रहेका छन् ।
मोरङ र सुनसरीको सिमानाबाट बग्ने केसलीया खोलाको पानी विराटनगर महानगरपालिका क्षेत्रमा प्रवेश गरेका छन् । केसलीया खोला किनारामा रहेको सम्पन्न बस्तीका १ सय ४५ घर मध्ये १ सय १८ र सिमराहीका ४३ घर गरी १ सय ६१ घर परिवार विस्थापित भएका छन् ।
यस बाहेक विराटनगर–१२ को बखरी, मलङ्वा र दरैया बस्तीका सयौँ घरमा पानी पसेको छ । पानी पसेको घर परिवार आंशिक रूपमा प्रभावित बनेका छन् ।
वर्षाका कारण विस्थापित भएका परिवारलाई विराटनगर–१२ को बखरी आधारभूत विद्यालय, दरैया आधारभूत विद्यालय र सम्पन्न बस्ती नजिक निर्माणाधिन एक उद्योगमा राखिएको विराटनगर महानगरपालिकाका नगर इन्स्पेक्टर राजन पौडेलले बताए ।
विस्थापित परिवारलाई विराटनगर महानगरपालिका र दाताको सहयोगमा राहत वितरणको काम सुरु भइसकेको छ । नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालको नेतृत्वमा आइतबार नै विस्थापित परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।