
- ब्रह्मदेव यादव, विराटनगर ३६८ पटक हेरिएको
शुक्रबार, आश्विन २४, २०८२ समय : १५:२०:४४ , ४ दिन अगाडि
कोशी प्रदेश खेलकुद विकास बोर्डमा कृष्ण बस्नेत (पर्शुराम) को ४ बर्षे कार्यकाल सकिएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले शुक्रबार स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बस्नेतलाई बिदाई गरेको हो । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई सहित खेलाडीहरूले शुक्रबार बस्नेतलाई बिदाई गरेको हो ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशमा बस्नेतले ४ बर्षे कार्यकाल पुरा गरेका छन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले बस्नेतलाई ४ बर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका थिए । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले बस्नेतलाई बोर्डको सदस्य सचिवबाट हटाएका थिए । र हंशराज वाग्लेलाई सदस्य सचिव नियुक्त गरेका थिए ।
आफूलाई राजनीतिक पूर्वाग्राहिले सदस्य सचिवबाट हटाएको विषयलाई लिएर बस्नेत न्यायालय पुगेका थिए । र न्यायालयले बस्नेतलाई पुनः सदस्य सचिवमा पुर्नबहालिको फेस्ला गरेका थिए । बस्नेतको कार्यकाल ४ वर्षको भए पनि उनले २१ महिना मात्रै सदस्य सचिवको रूपमा काम गर्ने अवसर पाए ।
बस्नेतले २०७८ असोज २५ देखि २०७८ चैत्र २१ गते तथा २०८१ वैशाख २० देखि २०८२ असोज २३ गतेसम्म सदस्य सचिवको रूपमा काम गरेका थिए । हंशराज वाग्लेले २०७८ चैत्र २२ गतेदेखि २०८१ वैशाख १९ गतेसम्म सदस्य सचिवको रूपमा काम गरेका थिए । पाएको समय अवधिको भरपुर सदुपयोग गरेर बस्नेतले कोशी प्रदेशमा खेलाडी उत्पादन गर्नेदेखि लिएर खेलाडीको जीवन निर्वाहका लागि गर्नुपर्ने कुनै पनि काम बाँकी छोडेनन् । जसको परिणाम स्वरूप शुक्रबार बिदाई कार्यक्रममा देखिएका छन् ।
जेन्जी युवा पुस्ताका खेलाडीहरूले बस्नेतलाई भव्य रूपमा बिदाई गरेका छन् । बस्नेतले २१ महिनाको अवधिमा कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवको रूपमा गरेको कामको प्रगति विवरण बिदाई कार्यक्रममा सार्वजनिक गरेका थिए ।
कोशी प्रदेश खेलकुद विकास बार्डबाट उपाध्यक्ष विन्दिया कार्की सदस्यहरू प्रदिपकुमार भगत थारु, थलु राजभण्डारी, शैलेसकुमार बिष्ठ, रितेश श्रेष्ठ, मदन खड्का र गौरीमान राईको कार्यकाल सकिएको छ । र उनीहरुलाई बस्नेत सँगै एक साथ बिदाई गरिएको छ ।
विराट गोल्ड कप फुटबल ट्रष्ट विराटनगरका अध्यक्ष किशोरबहादुर शाही, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशिला पाठकले कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवबाट बिदाई भएका बस्नेतलाई शुभकामना दिएका थिए ।