
- चिरफार डटकम, विराटनगर ३०२ पटक हेरिएको
आइतबार, आश्विन २६, २०८२ समय : १२:४४:२२ , २ दिन अगाडि
माहेश्वरी समाज विराटनगरको अध्यक्ष पदमा मुकेश राठी निर्वाचित भएका छन् । राठी यस अघि समाजको उपाध्यक्ष रहेका थिए । समाजको शनिबार विराटनगरमा सम्पन्न साधारण सभाले राठीलाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षमा आनन्द राठी, सचिवमा राजेश लखोटिया, सहसचिवमा हेमन्त मारु र कोषाध्यक्षमा अमित सारडा निर्वाचित भएका छन् ।
सतिश अटल, सुरेश परतानी, अभिताभ माहेश्वरी, कमल किशोर राठी, मनोज मुन्दडा, रमेश ईनानी, गौरीशंकर राठी र राजु अटल समाजका सदस्य रहेका छन् ।
माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबराको अध्यक्षतामा आयोजित साधारण सभामा समाजका विशिष्ट व्यक्तिहरू चम्पालाल राठी, महेश सोनी, जगदिश राठी, आनन्द मारु, आनन्द राठी, अनामिका परतानी, नितेश सारडा सहभागी भएका थिए ।