जोगबनी नाकाबाट रकम असुली गरेर मानव ओसार–पोसार

  • ब्रह्मदेव यादव, विराटनगर ७७८  पटक हेरिएको

सोमबार, कार्तिक २४, २०८२ समय : १४:३५:०४ , ५ महिना अगाडि

नेपाल भारतको सीमान्त क्षेत्र जोगबनी नाकाबाट रकम असुली गरेर मानव ओसार–पोसार भइरहेको छ । भारतको बिहार राज्यमा मंगलबार दोस्रो चरणको निर्वाचन हुन गइरहेको छ । निर्वाचनलाई लक्षित गरेर ७२ घण्टा अगाडीदेखि नै जोगबनी नाकालाई पूर्ण रूपमा बन्द गरिएको छ ।

निर्वाचनलाई लक्षित गरेर शनिबार साँझदेखि जोगबनी नाका बन्द भएपछि दुवै देशका नागरिकलाई आवतजावतमा समस्या देखिएको छ । तर नेपालबाट भारत र भारतबाट नेपाल आउने मानिसहरू सँग रकम असुली गरेर ओसार–पोसार भइरहेको छ । नेपाल भारतको सीमान्त क्षेत्र जोगबनी नाकाको नेपाल तर्फ रहेको दशगाजा क्षेत्रमा व्यापारी प्रयोजनका लागि बनाइएको घर तथा पसलबाट मानव ओसार–पोसार भइरहेको छ ।

पसलका सञ्चालकले प्रत्येक व्यक्ति सँग १ सयदेखि २ सयसम्म रुपैयाँ लिएर मानव ओसार–पोसार गरिरहेका छन् । जोगबनी नाकाको नेपाल तर्फको दशगाजा क्षेत्रमा व्यापारी परियोजनका लागि बनाइएको सबै घर तथा पसलको अगाडी र पछाडि ढोका रहेका छन् । नेपालबाट भारत जाने भारतीयलाई अगाडीको ढोकाबाट पसलमा प्रवेश गराएर पछाडिको ढोकाबाट निकाल्ने गरिएको छ भने भारतबाट नेपाल आउने भारतीयलाई पछाडिको ढोकाबाट पसलमा प्रवेश गराएर अगाडीको ढोकाबाट बाहिर निकाली रहेका छन् ।

दशजागा क्षेत्रमा ५० भन्दा बढी घर तथा पसल रहेका छन् । र सबै पसलबाट शनिबार साँझदेखि प्रत्येक दिन हजारौँ नेपाली तथा भारतीय नागरिकलाई रकम असुली गरेर ओसार–पोसार गराइ रहँदा दुवै देशका सुरक्षाकर्मी चुपलागेर बसेका छन् ।

दशगाजा क्षेत्रको पसलबाट दुवै देशका नागरिक घर भित्रबाट आवतजावत गरेको दृश्य विराटनगर भन्सार कार्यालयको अत्याधुनिक प्रविधिको सिसी टिभी फुटेजमा रेकडिङ गरिएको छ । दशगाजा क्षेत्रमा रहेका पसलमा अगाडि र पछाडि ढोका रहेको र ती पसलबाट तस्करी हुने गरेको विषयमा नेपाल सरकारको गृह मन्त्रालय जानकार छ । तर पनि सरकार चुप लागेर बसेका छन् ।

कोभिड–१९ महामारीको बेला अन्तर्राष्ट्रिय जोगबनी नाका लामो समयसम्म पूर्ण रूपमा बन्द रहेको बेला दशगाजा क्षेत्रमा रहेको यही घर तथा पसलबाट रकम असुली गरेर नेपाली र भारतीय नागरिक आवतजावत गर्ने गरेका थिए । कोभिड–१९ को महामारीको समयमा दश जागा क्षेत्रमा पसल सञ्चालन गरिरहेका एक व्यक्तिले दुवै देशका नागरिकबाट ५ लाख भन्दा बढी रकम असुली गरेर थिए ।

दशगाजा क्षेत्रमा रहेका सबै पसलमा अगाडी र पछाडि ढोका रहेका छन् । र सबै पसलबाट तस्करीको सामान ओसार–पोसार हुने गरेका छन् । सीमान्त क्षेत्रमा तस्करी लाइन सञ्चालन गरिरहेका तस्कर गिरोह समूहले दशगाजा क्षेत्रका पसलका सञ्चालकलाई मासिक रूपमा केही रकम दिएर भारतको सामान नेपाल र नेपालको सामान भारत पठाउने गरेका छन् ।