- चिरफार डटकम, विराटनगर ५२७ पटक हेरिएको
मंगलबार, कार्तिक २५, २०८२ समय : १७:०३:४६ , ५ महिना अगाडि
मोरङ उद्योग व्यापार संघ विराटनगरले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई स्वागत र सम्मान गरेका छन् ।
कार्तिक १६ गतेदेखि मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका कट्टेललाई निजी क्षेत्रको तर्फबाट मोरङ उद्योग व्यापार संघले स्वागत र सम्मान गरेको हो ।
संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साह, महासचिव सञ्जय श्रेष्ठ, सचिव अमित सारडा, कार्यसमिति सदस्य अमित राठी, डा. बन्दना जैन, महिला उद्यम समितिका संयोजक श्रृति शर्मा र प्रमुख कार्यकारी अधिकृत भरत शर्मा प्रसाई जिल्ला प्रशासन कार्यालय मोरङमै पुगेर प्रमुख जिल्ला अधिकारी कट्टेललाई स्वागत र सम्मान गरेको हो ।