- चिरफार डटकम, विराटनगर ३८७ पटक हेरिएको
सोमबार, मंसिर ०१, २०८२ समय : १२:२७:३४ , २ दिन अगाडि
विराटनगरको अस्पताल चौकमा सुविधा सम्पन्न प्राइम अस्पताल खुलेको छ । पहिलो गोल्डेन अस्पताल रहेको भवनमा यतिखेर प्राइम अस्पताल खुलेको हो ।
पहिलाको पाँच तल्ले भवनलाई अस्पतालको मापदण्ड बमोजिम मर्मर सम्भार र थप निर्माण कार्य पुरा गरेर प्राइम अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।
गोल्डेन अस्पताल सञ्चालन गरिरहेका सनातन मण्डलले आफ्नो सम्पूर्ण लगानी फिर्ता लिएर प्राइम अस्पताल खोलेका छन् । मंसिर १४ गते देखि प्राइम अस्पताल सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मण्डलले बताए ।
२५ संयाको प्राइम अस्पतालमा नेपालकै नाम चलेका ख्यातिप्राप्त डाक्टरहरूबाट सबै प्रकारका रोगको उपचार सेवा प्रवाह गर्न लागेको सञ्चालक मण्डलले बताए ।
अस्पतालबाट इमर्जेन्सी, सी.टी. स्क्यान, अल्ट्रासाउण्ड, एक्स–रे, आइ.सी.यू., एच.बि.सी.यू., एन.आइ.सी.यू।, पोस्ट–अप, जनरल वार्ड, अर्थो वार्ड, गाइनो वार्ड, बच्चा वार्ड, फिजियोथेरापी, इन्डोस्कोपी लगायतका सेवाहरू प्रवाह हुने सञ्चालक मण्डलले बताए ।