- चिरफार डटकम, विराटनगर १२२ पटक हेरिएको
मंगलबार, मंसिर १६, २०८२ समय : १६:३१:३८ , १८ घन्टा अगाडि
प्याब्सन मोरङले विराटनगरमा १५औं संस्करणको ३ दिने स्पोर्टस मिटको आयोजना गर्न गइरहेको छ । प्याब्सन मोरङले मंगलबार पत्रकार सम्मेलन गरेर मंसिर १९ देखि २१ गतेसम्म विराटनगरमा स्पोर्टस मिटको आयोजना गर्न लागेको जानकारी गराए । विराटनगरको सहिद रंगशाला, जुट मिलको खेल मैदान र एभरेष्ट स्कुलको खेल मैदानमा स्पोर्टस मिटको खेलहरू सञ्चालन हुनेछ ।
प्याब्सन मोरङका अध्यक्ष जगदबहादुर बस्नेतले जिल्ला भरी सदस्य रहेका २ सय ३५ विद्यालयका ३ हजार भन्दा बढी छात्र–छात्रा स्पोर्टस मिटमा सहभागी हुने जानकारी गराए । अध्यक्ष बस्नेतले २० लाख भन्दा बढी रकम खर्च गरेर आयोजना गर्न लागिएको स्पोर्टस मिट मार्फत नयाँ युवा खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
१ लाख भन्दा बढी खेलप्रेमी दर्शकले स्पोर्टस मिटको अवलोकन गर्ने अध्यक्ष बस्नेतले बताए । भलिबल, फुटबल, टेवलटेनिज, बास्केटबल, क्रिकेट र म्याराथोन खेललाई स्पोर्टस मिटमा समेटिएको छ । छात्र र छात्रा तर्फ बेग्लाबेग्लै खेल प्रतियोगिता हुनेछ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले विराटनगरको सहिद रंगशालामा स्पोर्टस मिट २०८२ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल, प्याब्सन नेपाल केन्द्रीय प्राज्ञिक समितिका सदस्य रमेश मिश्रा, प्याब्सन नेपालका कोशी प्रदेश कोषाध्यक्ष एवं प्याब्सन मोरङका प्रमुख सल्लाहकार प्रेमलाल सिंह सुवाल, प्याब्सन मोरङ अध्यक्ष जगतबहादुर बस्नेत, सचिव देवी सिटौला र कोषाध्यक्ष मणि भट्टराई पत्रकार सम्मेलनमा सहभागी थिए ।