विराटनगरको प्राइम अस्पतालमा डा. मनिष अग्रवालको सेवा

  • चिरफार डटकम, विराटनगर १४०  पटक हेरिएको

बुधबार, मंसिर १७, २०८२ समय : १४:२६:३२ , १ घन्टा अगाडि

विराटनगरको प्राइम अस्पतालमा डेन्टल र म्याक्सिलोफेशियल सर्जन डा. मनिष अग्रवालले सेवा दिन थालेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित अस्पताल चौकमा मंसिर १४ गते आइतबारदेखि प्राइम अस्पताल सञ्चालनमा आएको छ ।

स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव बोकेका युवा सनातन मण्डलले ११ करोड भन्दा बढी रकम खर्चेर प्राइम अस्पताल सञ्चालनमा ल्याएको छ ।यस अघि सनातन मण्डल विराटनगरमा डा. श्याम रौनियार सँग मिलेर गोल्डेन अस्पताल सञ्चालन गरिरहेका थिए ।

गोल्डेन अस्पतालबाट सम्पूर्ण लगानी फिर्ता लिएर मण्डलले थप ६ जना चिकित्सक सँग सहकार्य गरेर प्राइम अस्पताल सञ्चालनमा ल्याएको हो ।

त्यही प्राइम अस्पतालमा डा. मनिष अग्रवालले सेवा सुरु गरेको छ । बंगलादेशबाट ओरल र म्याक्सिलोफेशियल सर्जनको उपाधि प्राप्त गरेका डाक्टर मनिष अग्रवाल यस अघि विराटनगरको विराट नर्सिङ होममा १२ वर्ष र गोल्डेन अस्पतालमा १० वर्ष सेवा दिइसकेका अनुभवी दक्ष विशेषज्ञ डाक्टर हुन् ।

म्याक्सिलो भनेको मुखको बंगारा फेशियल भनेको अनुहार र सर्जन भनेको शल्य चिकित्सक हो । डा. अग्रवाल डेन्टल र म्याक्सिलोफेशियल सर्जन सम्बन्धी नेपालकै ठुलो डाक्टर हुन् ।

मुखको बंगारा अनुहारको उपचार र शल्यक्रियाका लागि काठमाडौँ र नेपाल बाहिर जाने बिरामी अब विराटनगरकै प्राइम अस्पतालमा सस्तो र सुलभ रकममा उपचार सेवा प्राप्त गर्न सक्ने छन् ।